चिसोमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
देशभर हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
जाडो मौसममा ज्येष्ठ नागरिक तथा बालबालिकाहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई जाडोबाट बच्न चिकित्सकले सुझाव दिएका हुन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोग लाग्ने भएकाले उनीहरूलाई चिसो मौसममा जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।
वरिष्ठ बालरोग विशेषज्ञहरुले बालबालिकालाई चिसो मौसममा छाड्न नहुने बताएका छन । अत्यधिक चिसोले गर्दा बालबालिकालाई निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मिया लगायतका रोगले आक्रमण गर्ने हुनाले सतर्क रहन उनिहरुले आग्रह गरेका छन तराईमा जाडोसँगै शीतलहरसमेत पर्ने भन्दै तराईमा बसोबास गर्नेले जाडो तथा शीतलहरबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । चिसोका कारण मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले मानिसमा तापक्रममा आएको कमीले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर गर्ने गर्दछ । बढी चिसोका कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने हुँदा जाडो मौसममा रोगबाट बच्न बाक्लो कपडा लगाउनुका साथै न्यानो ठाउँमा बस्ने, हिटर ताप्ने, आगो ताप्ने गर्नुपर्छ ।
सुत्केरी महिला पनि जाडोको उच्च जोखिममा रहेकाले सुत्केरीसँगै उनीहरूका भर्खर जन्मिएका सन्तान पनि जाडोको जोखिममा
पर्ने भएकाले सधैँ न्यानोमा राख्नुपर्दछ । नवजात शिशु तथा आमाहरू चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्युसमेत हुने गरेकाले चिसोबाट बच्न सावधानी अपनाउनु पर्दछ जाडोमा बालबालिकामा दम, निमोनिया, रुघाखोकी, ज्वरो, टन्सिल, डायरिया, भाइरल ज्वरो, पिनास, ब्रोनक्राइटिसलगायतका रोग लाग्ने भएकाले भर्खर जन्मेका शिशुमा निमोनिया, ब्रोनक्राइटिस लगायतका रोगहरुको बढी समस्या हुने भएकाले बालबालिकालाई चिसोमा जथाभावी खेल्न नदिने, न्यानो कपडा लगाइदिनु पर्दछ
चिसोबाट बच्न शारीरिक व्यायाम गर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, मादक पदार्थ सेवन नगर्ने, प्रशस्त पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, तातो खानेकुरा खान दिनु पर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button