छठ पर्वमा प्रयोग हुने बाँसको ढक्की बाट ठुलो परिणाममा लागु औषध बरामद



ललन मंडल
लागुऔषध तस्करहरुले छठ पर्व मनाउन प्रयोग हुने बाँसको ढक्कीमा लुकाएर लागु औषध भारतबाट नेपाल भित्र्याएको पाइएको छ ।
भारतीय सिमानासँगै जोडिएको रौतहटको बंकुल सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको गस्ती टोलीले ठुलो परिमाणमा लागु औषध ईन्जेक्सन बरामद गरेको छ ।
पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईका अनुसार बंकुल बजारबाट करीव दुई किलोमिटर उत्तरतर्फ भकुवा खोलाको पुलछेउको मुख्य बाटोमा सशस्त्र प्रहरीले दुई वटा साईकलमा चेकजाँच गर्दा लागुऔषध फेला परेको हो ।
दुई जना तस्करहरुले दुईवटा साईकलको पछाडी बाँसको ढक्कीभित्र सामान ल्याइरहेका थिए । छठ पर्वमा बाँसको ढक्की प्रयोग गरिने हुँदा तस्करहरुले प्रहरीको आँखामा छारो हाल्न बाँसको ढक्कि प्रयोग गरेको खुल्न आएको छ ।


सशस्त्र प्रहरीको टोलीलाई देखेपछि साईकल छाडेर तस्करहरु नजिकैको खेतमा काम गरिरहेका गाउँलेसँगै कुरा गर्दै त्यहाँबाट भाग्न सफल भएका थिए ।
बाटोमै छोडिएका साईकलको बारेमा सशस्त्र प्रहरीले सोधपुछ गर्दा कोही पनी न आएपछि शंका लागेर चेकजाँच गर्दा ठुलो परिमाणमा लागु औषध इन्जेक्सन फेला परेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए । उनका अनुसार डाईजिपाम, प्रोमेथाजिन, नर्फिन ईन्जेक्सन गरी कुल ११ हजार सातसय नशालु ईन्जेक्सन तथा प्रतिबन्धित लागुऔषध बरामद भएको छ ।

सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको ती ईन्जेक्सनहरु आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर जिल्ला मुख्यालय मार्फत भन्सार कार्यालय गौर पठाइने तयारी भैरहेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button