प्रविधिमुलक शिक्षा आजको आवश्यकता



सत्य कुमार महतो, धनुषा


हामीले प्रयास गर्नु धेरै राम्रो हो यसले हामी परिवर्तन र प्रबिधिमुलक शिक्षा चाहन्छौ भन्ने बुझिन्छ र हामी गर्न पनि सक्छौ अर्थात सफल भईन्छ भन्ने प्रष्ट हुन्छ तर त्यसको लागि आवश्यक पुर्वाधार तयार गरिनुपर्छ जस्तो लाग्छ। उच्च शिक्षामा अनलाइन बिधिबाट शिक्षा प्रदान गर्न सकिन्छ किनभने उच्च शिक्षालिने विद्यार्थीमा आन्तरिक बौद्धिक क्षमताको बिकास भइसकेको हुन्छ त्यही भएर उनिहरु आफ्नो चाहना अनुसारको शिक्षा लिइरहेका हुन्छन् ।

तर विद्यालय स्तरमा विद्यार्थीहरुको चाहनालाई परिवार र शिक्षकले उत्खनन गरिएको देखिन्छ, उसको चाहनालाई उजागर र प्रोत्साहन गरिन्छ। उनिहरु परिपक्व भइसकेका हुदैनन् त्यही भएर त उसको संवेगात्मक विकासलाई बढी फोकस गरिन्छ। शिक्षकसंग दैनिक अन्तरक्रिया गरिन्छ र प्रोत्साहन गरिन्छ। अनलाइन शिक्षण गर्दा विद्यार्थीको संवेगात्मक पक्षलाई बुझ्न गाह्रोमात्र नभई समाधान गर्न कठिन हुन्छ। केही विद्यार्थीवाहेक यो अत्यन्तै जटिल हुन जान्छ। नेपालको सन्दर्भमा यो अहिलेसम्म विकसित अवस्थामै रहेको पाइएको र यसको पुर्ण अभ्यास भइसकेको छैन।

दैनिक कक्षाकोठामै पढाउदा त उप्लब्धी राम्रो नदेखिएको समयमा अनलाइन बिधिको प्रयोगबाट बिरालोलाई कराहिमा दूध देखाउनु र खान नदिनु जस्तै हुन्छ जस्तो मलाई लाग्छ। यो कोरोना भाइरसले प्रभाव पारेको विषम परिस्थितिमा अभिभावक स्वयमले आफ्ना बालबालिकासंग बसेर व्यवहारिक ज्ञान र पारिवारिक संस्कार सिकाउदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ। विद्यालय तथा शिक्षकले विद्यार्थीलाई खोजमुलक र समालोचक लेख रचनाहरुमा आधारित गृहकार्यमा लगाउदा विद्यार्थीको आन्तरिक क्षमताको विकासहुने देखिन्छ। त्यसको लागि विद्यार्थीलाई विभिन्न साइटहरु र सामाग्रीहरु प्रबिधिको सहायतामा उप्लब्ध गराउदा फाइदा हुने थियोे।

कोर्सलाई अनलाइनबाट पढाउदा विद्यार्थीमा मानसिक समस्या उत्पन्न हुने भय देखिन्छ। कोर्स पछि पर्छ भनेर हरेस खानुपर्ने अवस्था म देखदिन, कोर्स सिद्धयाउन समय लाग्दैन बुझाउन समय लाग्ने हो। मलाई लागेसम्म प्राइभेट विद्यालयहरुले अभिभावकहरुवाट जसरी नि पैसा उठाउन गरेको प्रयास देखिन्छ। यो त व्यापार भइहाल्यो नि, उद्योगधन्धा, व्यापार बन्द रहेको अवस्थामा अभिभावकले पनि कहाँ वाट तिर्न सक्छ। हातमुख जोडन त समस्या हुन थालेको अवस्था यो कोभिड-१९ ले निम्त्याएको स्थित छ। त्यसर्थ पारिवारिक र सामाजिक शिक्षाको ज्ञान पनि सिकाउनु अहिलेको सन्दर्भमा अपृहार्य हो।

पारिवारिक र सामाजिक जिम्मेवारीबाट टाढा टाढा भागिरहेको अहिलेको युवाहरूलाई पाठ सिक्नुपर्ने अवस्था आएकोले यस जटिल परिस्थितिमा अभिभावक तथा शिक्षकको अहम भुमिका रहन्छ र सहयोगको आवश्यकता देखिन्छ। शिक्षा व्यवहारिक परिवर्तनका साथै सामाजिक परिवर्तनगर्ने आधार हो भन्ने बुझ्नु नै अहिलेको समयको माग हो। साथै शिक्षकले आफ्नो पेशागत विकासको लागि उपयोगी सामाग्री तथा सन्दर्भ शैक्षिक सामाग्री अध्यन गर्दा उत्तम हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button