संसार नभुल ( कविता )



जमुना पोखरेल , बर्दिवास महोत्तरी
संसार नभुल आफुलाई ख्याल गर्ने गर ।।
पराई न सम्झ ती दिनहरु या दगर्ने गर ।।


भन्थ्यौ दुःख सुखमा साथ दिने छु हरेक पल ।।
खै आज काँहा हरायौ तिमी ।।

झुठो आषा भरोशा दिने किन कसम खायौ ।।
सम्झना हुँदा हँुदै पनि आज कता हरायौ ।।

एक्लो भएँ कसलाई सोधौँ म ।।
हिँड्दा हिँड्दा थाकि सके कसलाई भनौ म ।।

अधेरी रातमा तिमी धेरै रमायौ ।।
जुनेली रातमा तिमी कहाँ हरायौ ।।

अरुलाई देख्दा धेरै याद अउँछ ।।
आफुलाई देख्दा धिक्कार लाग्छ ।।

सोचेको थिएँ म जस्तो सुखी कोहि छैन ।।
तर म जस्तो दुःखी संसारमा कोहि छैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button