कोरोना भाईरस बाट बच्न आभा आर को “घरमै बसौ न“ सन्देश मुलक गीत बजारमा



मेरो प्रदेश सम्वाददाता
डी. ए .आर. मुभिज एन्ड फिल्म्स ई.प्रा. लि. ले ८ बर्षीय गायिका आभा आर को आवाज मा रहेको गीत “घरमै बसौ न“ बजार मा ल्याएको छ । गीतमा कोरोना भाईरसले विश्व आक्रान्त पारेको अवस्थामा सरकारले जारि गरेको लक डाउन पालना गरि घरमै बसी सुरक्षित रहन सन्देश दिईएको छ । गीत को शब्द संगीत प्रभावन जे को रहेको छ भने बाल गायिका आभा आर लाई प्रभावन जे ले स्वर मा साथ दिएका छन् । भिडियोमा गोविन्दराम दाहाल, इश्वोरी उपाध्याय , श्रीराम दाहाल, याषा कोइराला , रमा दाहाल , आभा आर , दिपेश गौतम र दिपा गौतमले अभिनय गरेका छन् । भिडियोको सम्पादन कृष्ण गौतम ले गरेका छन् ।


डी. ए. आर. मुभिज का संचालक सदस्य राजाराम गौतम का अनुसार अरु कोहि साना नानी हरुले पनि यो गित मा आफ्नो मोबाइल भिडियो बनाएर पठाए उनीहरु को भिडियो लाइ कम्पनी को औपचारिक पेज र च्यानल मा राखी प्रबर्द्धन गर्ने जानकारी दिएका छन् ।
लामो समय देखि गीत संगीत मा लागिरहेको प्रभावन जे र टिम ले सामाजिक संदेश मुलक कार्यहरु गर्दै आएको मध्ये यो एक प्रस्तुति रहेको प्रभावन जे ले जानकारी दिएका छन् ।
भिडियो को लिंक तल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button