पहाडी जिल्लाहरूमा अाज र तराइका जिल्लाहरूमा भाेली फागु पर्व मनाइदैं



रंगहरुको पर्व फागूपूर्णिमा  अर्थात होली  मंगलबार काठमाडौं स्थित वसन्तपुरमा  चीर ठड्याएपछि  विधिवत रुपमा  सुरू   भएकाे छ ।  नेपाल पञ्चांग निर्णायका  समितिका  अध्यक्ष प्राडा रामचन्द्र गाैतमले फागुकाे  चीर ठड्याउने शुभ साइत  मंगलबार बिहान ७ बजेर ५७ मिनेटमा रहेकाे बताएका थिए ।

साेही साइतमा हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडेपछि मंगलबार देशभरी नै फागु  सुरु भएको छ ।

चीर ठड्याइदा हनुमानढोमा  हर्ष बढाँई समेत गरिएकाे थियो । वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो पर्व सत्ययुगमा भक्त प्रह्राल्दलाइ षड्यन्त्रपूर्ण  ढंगबाट  मार्न   हाेलीकाले अाफूलाइ अागाेले जलाउन नसक्ने बरदान प्राप्त भएकाे भनेर  अागाेमा प्रहाल्दलाइ लिएर काँखमा बसालेपछि हाेलीका जलेकाे तर प्रह्राल्द नजलेर असत्य माथि सत्यकाे जित भएकाे घटनासंग सम्बन्धित छ । 


मंगलबार ठड्याइएको चीरलाई पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पु¥याई दाह गरेपछि होली पर्व  समाप्त हुन्छ भने त्यसको भोलिपल्टदेखि वसन्त ऋतुको सुरुवात हुन्छ । 

तराइका जिल्लाहरूमा भने   माध्यमिकि परिक्रमा गरेर रंगभुमी मैदान बाह्रविघामा हिजाे विश्राम गरेका तिर्थयात्रीहरूले मंगलबार जनकपूरधामकाे अन्तरगृह परिक्रमा गरेर घर फर्केपछि बुधबार हाेली पर्व हर्षाेल्लासका साथ मनाउने छन् ।

फागु  पहाडी जिल्लाहरुमा अाज   हर्षाेल्लासका साथ  एकअापमा रंग अविर दलेर मनाउदै छन् भने   तराइका जिल्लाहरुमा भाेली   मनाइदै छ ।  फागुकाे अवसरमा संघीय सरकारले १ दिन र प्रदेश नम्बर २ काे सरकारले २ दिन सार्वजनिक विदा दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button