बर्दिवासका गायक झोकिलाल सिंहको नयाँ म्युजिक भिडियो सार्वजनिक



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिका ६ निवासी गायक झोकिलाल सिंह तथा लहान निवासी गयिका पुनम बि के को स्वर तथा झोकिलाल सिंहको अभिनय समेत रहेको होलीको नयाँ म्युजिक मिडियो सार्वजनिक भएको छ । मिथिलाञ्चलमै सवैभन्दा बढी लगानी गरिएको सररर होली बोलको मैथली म्युजिक भिडियो सार्वजनिक भएको हो ।


गीतमा नेपालीको राष्ट्रिय पर्व होलीको पहिचान झल्काउने किसिमको पोशाक मिथिलाको लोप हुँदै गएको संस्कृती जोगिरा सरररर लाई बिशेश उजागर गरिएको छ । होली पर्वलाई मिथिलाञ्चलमा माया प्रेम र आपसी सदभावको रुपमा लिईने गरिन्छ । गीतमा रचनाकार कुन्दन गुप्ता तथा संगीत पारसमणी को रहेको छ ।
गीतको म्युजिक भिडियोमा सुनिल चौधरी ,रोजिना क्षेत्री राजकुमार सिंह लगायतको अभिनय रहेको छ । लक्षु गौतमको निर्देशनमा तयार भएको सो म्युजिक भिडियो
युट्युब च्यानल,मैथली खुशी मार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close