फिल्म प्रेमगित ३ यूके र युरोपका लागि राइट्स बिक्री

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
केही समय अगाडि अमेरिका राइट्स बिक्री भएको फिल्म प्रेमगित ३ अहिले यूके र युरोपका लागि बिक्री भएको छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्म ‘प्रेमगीत ३ इनास चलचित्र प्रवर्द्धन समितिका ग्लोवल संयोजक मनिष श्रेष्ठले यूके र यूरोपका लागि फिल्म २३ हजार ५ सय यूरो नेपाली ३० लाखमा खरिद गरेका हुन । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको समेत अभिनय रहेको छ ।
फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र मनिष बीच बिहिबार फिल्मको युरोप राइटको बिषयमा सम्झौता भएको छ ।