बसको ठक्करबाट नायिका महिमा सिलवालको ज्यान गयो

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
नेपाली चलचित्रकी नायिका महिमा सिलवालको बुधबार सवारी दुर्घटनामा निधन भएको छ ।साँझ उनीले चाएको स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो ।
चितवनको भरतपुर महानगरपालिका १३ गीतानगर घर भएकी २२ वर्षीया सिलवालको लु २ ख १३५ नम्बरको बसले उनीले चाउँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै ज्यान गएको होे ।
दुर्घटनामा ग”म्भीर घाइते भएकी चितवनको भरतपुर महानगरपालिका १३ गीतानगर घर भएकी शर्मिला सिलवाललाई उपचारको लागि काठमाडौं ल्याइएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।