आदित्यनारायण झाको विवाह गायिका नेहा कक्कडसँग तय



नेपाली चर्चित गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको विवाह गायिका नेहा कक्कडसँग तय भएको छ ।
पछिल्लो आइडलको एउटा एपिसोडमा नेहा र आदित्यका आमाबुबा आएर उनीहरुको विवाह तय भएको घोषणा गरेका थिए । आमालाई देखेर नेहा आश्चर्यमा परिन् भने आदित्य सेटमा खुशीले नाचेँ ।
आमालाई देखेर नेहाले सोधिन, ‘यहाँ के भइरहेछ ? ’ उत्तर दिँदै आमाले भनिन, मलाई यो केटा राम्रो लाग्छ।’ सो‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। समारहोमा आदित्यकी आमा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’
सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’
यो एक झलक साच्चै विवाह गर्ने घोषणा हो वा नाटक मात्रै हो त्यो भने खुलाइएको छैन । यद्यपि, यसअघि पनि नेहा र आदित्यको सम्बन्धलाई लिएर चर्चा भइरहेको थियो । एजेन्सी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button