नायिकाकाे हात चुम्न थालेपछि



बलिउड नायिका सारा अली खानको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त भिडियोमा उनका प्रशंसकले उनको हातमा चुम्बन गर्ने कोसिस गरेका छन्।


मुम्बईका सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सो भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन्। भिडियोमा एक फ्यानले उनको हात मागेर चुम्बन गर्ने कोसिस गरेका छन्। त्यसपछि सारा एक्कासि अचम्ममा पर्छिन् र पछि हट्छिन्। यसैबीच उनका बडीगार्ड आउँछन् र क्यामेरालगायत ती प्रशंसकलाई पछाडि हट्न आग्रह गर्छन्।

हाल २३ वर्षकी नायिका साराले बलिउडमा ‘सिम्बा’ फिल्मबाट पाइला टेकेकी हुन्। पहिलो फिल्ममै उत्कृष्ट अभिनय गरेकी सारा यति बेला भने ‘लभ आजकल’को सिक्वेलका साथै ‘कुल्ली नम्बर १’को सुटिङमा व्यस्त छिन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button