बुद्ध सरयू चलचित्र महोत्सव २०७६’मा नायक, निर्माता नवल खड्का सम्मानित

मेरो प्रदेश सम्वाददाता
दाङ
दाङमा आयोजित ‘बुद्ध सरयू चलचित्र महोत्सव २०७६’मा नायक निर्माता नवल खड्कालाई ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानितगरिएको छ । नवल नेपाली चलचित्र क्षेत्रका नायक निर्माता हुन् । राष्ट्रवादी बिषयमा दशगजा, भीमदत्त लगायत फिल्म निर्माण गरेका उनी अहिले सिमाना काढेतार अभियानका संयोजक पनि हुन् ।
कार्यक्रममा प्रदेश न.५ का माननीय सभामुख पूर्ण ब.घर्ती, माननीय सांसद दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी र ईन्द्र जित थारू लगायतले उनलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन ।
कार्यक्रममा निर्देशक नवीन सुब्बा, निर्देशक र निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी लगायत सम्मानित भएका थिए । मंगलबारबाट सुरु भएको महोेत्सव तीन दिनसम्म चल्ने महोत्सवमा दाङका बिभिन्न पक्षहरुको प्रचारप्रसार गर्नेे आयोजना रहेको छ ।