चलचित्र ‘शुभलभ’ लन्डनमा प्रदर्शन



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाली चलचित्र ‘शुभलभ’ लन्डनमा पनि प्रदर्शनमा आएको छ । आइतबार साउथ हयारोस्थित गोल्डेनसीप हलमा आयोजित शोमा दर्शकको उल्लेख्य सहभागीतामा सो फिल्म प्रदर्शनमा आएको हो। करिब एक बर्ष अगाडि नेपालमा प्रदर्शनमा आएको फिल्म ‘शुभलभ’ बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता धर्मराज सुवेदी हुन् । फिल्ममा ज्योतिस हरिहर अधिकारी, कृस्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्य थापालगायतको मुख्य भूमिका रहेको छ ।
फिल्म शोमा एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, गुल्मी जिल्ला समाज युकेका सल्लाहकार गोकर्ण बस्नेत, थर्ड आइका विकास देवकोटा, मिसेस नेपाल टिम, स्थानीय कलाकार र सर्वसाधारणको सहभागिता उल्लेख्य सहभागिता रहेको छ । फिल्म बेलायतका विभिन्न शहरमा प्रदर्शन हुनेछ ।
प्रेम कथामा कमेडी मिसाइएको फिल्म १२ तारिख प्लमस्टिड वर्किङ मेन्स क्लब, १८ जनवरी रेडिङको द वेयरहाउस, २० जनवरीमा स्कटल्याण्ड र १६ मा अल्डरसटमा समेत प्रदर्शन हुने भएको छ ।
हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायका स्थानमा छायाँकन गरिएको फिल्मको युरोप प्रदर्शनले भिजिट नेपाल २०२० लाई समेत मद्दत पुर्याउने बिश्वास निर्देशक सन्तोष लोहनीको रहेको छ ।
फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको एक्सन छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button