फिल्मबाट टाढा भएपनी प्रशंसकबीच चर्चा कहिले कम नहुने शाहरुख खान



शाहरुख खान आजकाल फिल्मबाट टाढा भएपनी उनका प्रशंसकबीच उनको चर्चा कहिले कम हुँदैन । उनका प्रशंसक अब उनको नयाँ फिल्म हेर्न आतुर छन् । भारतीय मिडियाले शाहरुख खानको नयाँ फिल्मबारे विभिन्न अडकलबाजी त गर्छन् तर ती सबै निराधार भएको शाहरुख आफैंले पुष्टि गरेका छन् ।
शाहरुख खानको सन् २०१८ मा ‘जिरो’ फिल्म रिलिज भएपछि नयाँ फिल्ममा उनले काम गरेका छैनन् ।
ट्वीटरमा उनको एक प्रशंसकले शाहरुख खानले नयाँ फिल्मबारे घोषणा नगर्दा आत्महत्या गर्ने धम्कीसमेत दिएका छन् । उनले लेखेका छन, ‘यदि तपाईंले आफ्नो अर्को फिल्मको घोषणा सन् २०२० सम्म नगरे म आत्महत्या गर्नेछु, दोहोराउँछु कि – म आत्महत्या गर्नेछु ।’
यस्तै अर्का एक प्रशंसकले लेखे, ‘म पनि प्रतिक्षा गरिरहेको छु । अब कहिलेसम्म प्रतिक्षा गर्ने सर ? यदि तपाईंले अर्को फिल्मको घोषणा गर्नुभएन भने म ट्वीटर छोड्नेछु ।’ एजेन्सी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button