बलिउड अभिनेत्री काजोल सामाजिक सञ्जालमा सक्रिय



बलिउड अभिनेत्री काजोल अचेल सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन । हालै काजोलले एउटा ट्विट गरेकी थिइन् जसकारण उनको चर्चा चलिरहेकोछ । सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको काजोलको यो ट्विट सैफ अली खान र अजय देवगनको नयाँ फिल्म लक्षित हो।
काजोलले ट्विटमा आफ्ना श्रीमान तथा अभिनेता अजय देवगन र सैफ अली खानले धोका दिएको आरोप लगाएकी छन्।
काजोलले अजय देवगन र सैफ अली खानलाई भनेकी छन तपाईंहरूले मलाई ओमकारामा धोका दिनुभयो। र अब प्रचारमा पनि दिइरहनुभएको छ।’


काजोलकोे ट्विटमा थप लेखिएको छ कि तपाईंहरू यो ट्विट स्विटजरल्यान्डमा पढ्दै हुनुहुन्छ।
फिल्म ’तान्हा जीस्द अनसङ वारियर’ मा दुई अभिनेता सँगै देखिँदैछन्। यसमा काजोल पनि छन्। तर फिल्मको प्रचारका लागि अजय र सैफ मात्र स्विटजरल्यान्ड गएकाले काजोलले उनीहरूमाथि धोका दिएको आरोप लगाएकी हुन्।
काजोल आफूलाई स्विटजरल्यान्ड नलगेको भन्दै यस्तो ट्विट गरेकी हुन्।
’तान्हा जीस् द अनसङ वारियर’ मा अजय देवगन छत्रपति शिवाजीका सेनापति सूबेदार ताना जी मालुसरेको भूमिकामा देखिँदैछन्। फिल्ममा अजय, सैफ र काजोलसहित पंकज त्रिपाठी र शरद केलकरको पनि मुख्य भूमिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button