युवाहरु बिदेसिँदा सामाजिक विकृति बढेको अभिनेता राजेश हमालको भनाई



मेरो प्रदेश सम्वाददाता
पाल्पा
अभिनेता राजेश हमालले
शनिबार आफू जन्मिएको जिल्ला पाल्पामा आयोजित प्रथम दर्लम पर्यटन तथा सांस्कृतिक महोत्सवका अवसरमा बोल्दै स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिए ।
युवाहरु रोजगारीका लागी बिदेसिँदा सामाजिक विकृति बढेको उनको भनाई छ ।
हमालले दुई चार पैसा कमाउनकै लागि विदेश जानुपर्ने बाध्यताले परिवारमा समेत फाटो आएको स्पष्ट पारे ।
महोत्सव कार्यक्रममा नेपाली चलचित्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अभिनेता हमाललाई सम्मान गरिएको थियो ।
साथै कार्यक्रममा पाल्पामा जन्मिएर विशिष्ट स्थानमा पुगेका मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, डा. भगवान कोइराला, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, पूर्व प्रहरी प्रमुख कुबेर सिंह राना लगायतलाई सम्मान गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button