चलचित्र मारुनी अष्ट्रेलियाको अन्य शहरमा पनि प्रदर्शन गरीने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
शुक्रबार साँझ अष्ट्रेलियाको सिड्नी, सिभिक थिएटरमा चलचित्र ‘मारूनी’ प्रदर्शन गरिएको छ । चलचित्र प्रदर्शनका लागि नायक पुष्प खड्का र निर्मात्री पुनम गौतम सिड्नी पुगेका थिए । नवल नेपाल द्वारा निर्दे्शित यस चलचित्रमा पुष्पसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको पनि मुख्य भूमिका छ । चलचित्रले तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको छ ।
चलचित्र हेर्न आएका दर्शकको संख्या निकै उत्साहजनक रहेको निर्मात्री गौतमले बताइन् ।
चलचित्र हेरेका दर्शकले चलचित्रलाई निकै रुचाएको नायक खड्का बताउँछन् । उनले भने, ‘जति पनि दर्शकले चलचित्र हेर्नुभयो उहाँहरुले रुचाउनु भएको छ । मलाई भेटेर हेर्नेले राम्रो प्रतिकृया दिनुभएको छ ।’
सिड्नीमा चलचित्रको एक शोमात्र गर्ने योजना थियो । तर, दर्शकको उत्साहजनक उपस्थितिले दुई शो थप्ने पक्षमा आयोजक रहेको निर्मात्री गौतमको भनाई छ । उनका अनुसार अष्ट्रेलियाको अन्य शहरमा पनि चलचित्र प्रदर्शन गर्ने योजना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button