राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय गायिका आशा भोसले बिच भेट



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारतीय प्रशिद्ध गायिका आशा भोसलेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार भेट गरेकी छिन ।
साधना कला केन्द्रको आयोजनामा शनिबार हुन लागेको साङ्गीतिक कार्यक्रममा सहभागी हुन भोसले बुधबार काठमाडौं आएकी हुन ।


संगीतकार रञ्जित गजमेरका साथमा गायिका भोसलेले राष्टपती निवासमा राष्टपती संग भेटगरेकी हुन ।
भारतीय बलिउडमा सफल गायिका भोसलेले धेरै नेपाली चलचित्रमा आवाज दिएकी छिन भने संगीतकार रञ्जित गजमेरले संगीत दिएका छन । साधना कला केन्द्रले संगीतकार रञ्जित गजमेर र आशा भोसलेको सम्मानमा कार्यक्रमको आयोजना गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button