रामकृष्ण ढकाल र नीलम शाहले गरे सम्बन्ध विच्छेद



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
गायक रामकृष्ण ढकाल र नीलम शाह ढकाल बीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ ।
दुई दम्पतीले आज जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् । रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह भएको थियो । उनीहरुको एक छोरी छिन् ।


मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएपछी । रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ । जिल्ला अदालतका काठमाण्डौका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो ।

दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन । दुवैले ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button