एकैसाथ ल्याए सलमानले कपिल र सुनिल लार्ई पनी



एजेन्सी
कालमान खानका भाइ एवं नायक सोहेल खानले हालै आफ्नो जन्मदिन मनाएका छन् । नायकले मुम्बईमा रहेको आफ्नो घरमा जन्मदिनको पार्टी राखे । उक्त पार्टीमा उनका परिवारका सदस्यका साथै फिल्म इन्डष्ट्रिका केही हस्तीको पनि उपस्थिती भयो । नेहा धुपिया, अंगद बेदी, हिमेश रशेमिया, रितेश देशमुख, जेनेलिया डिसूजा, सनी लियोनी, डेनियल बेवर, कपिल शर्मा, सुनिल ग्रोवरसहित केही विशेष व्यक्ति सोहेल खानको जन्मदिनको पार्टीमा उपस्थिती रहेको थियो ।


सोहेल खानको जन्मदिनको पार्टीमा समावेश हुन पुगेका हास्य कलाकार कपिल शर्माले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेका छन् । यो तस्बिरमा उनी सलमान खान र सुनिल ग्रोवरसँग देखिएका छन् ।
सलमान खान यतिबेला आफ्नो फिल्म दबंग थ्रीकी को–स्टार सोनाक्षी सिन्हा र सई मांजरेकरसँग फिल्मको सफलता मनाइरहेका छन् । सुनिल ग्रोवर हालै सलमान खानको रियालिटी शोमा पुगेका थिए । यस्तै, कपिल शर्मा आफ्नो च्याट शोको सुटिङमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button