नेपाली अभिनेत्रीे इन्डियन आइडल शोमा निरुता



मेरो प्रदेश सम्वाददाता
अभिनेत्री निरुता सिंहले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै
भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् ।


लामो समयदेखि मुम्बईमा बस्दै आएकी उनी अब नेपाली अभिनेत्रीको रुपमा इन्डियन आइडल शोमा पुगेकी कुरा उल्लेख गरेकी छिन् । निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता चर्चित नेपाली फिल्ममा अभिनय गरेकी छिन् ।
अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button