चपली हाइट ३’का लागी चिसोमा रातभर पानीमा रुझेर काम गरे कलाकारले



रातको समयमा चिसोका कारण बाहिर हिडडुल गर्न पनि समस्या भएकै समयमा चिसो मौसममा रातभरी पानीमा रुझ्दै काम गर्नु आफैमा सजिलो काम होइन । निर्माता अर्जुन कुमारका अनुसार, चलचित्रको सेटमा रातभर ट्यांकरबाट पानी झारेर छायांकन गरेका छन । उनिहरुले चलचित्र ‘चपली हाइट ३’का लागी रातभर पानीमा रुझेर काम गरेका हुन ।
अहिले चलचित्रको क्लाइमेक्सको छायांकन भैरहेको छ ।नायिका स्वस्तिमा खड्का र नायक आमिर गौतम रातभरको चिसोमा रुझेर चलचित्रमा काम गरिरहेका छन् ।


निर्माता अर्जुन कुमार भन्छन–‘हामीले मंगलबार मात्र १० ट्यांकर पानी छायांकनमा प्रयोग गरेका छौ । जाडो मौसममा पनी कलाकारको मिहिनेत आफैमा प्रशंसनिय छ ।’ निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र सस्पेन्स थ्रीलर कथामा आधारित छ । यो चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button