नायिका सुरविना ‘शुभ मंगल’मा काम गर्दै



नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा रहेर संघर्ष गर्ने यी नेपाली सुन्दरी नायिकाले नेपाली चलचित्रमा काम नगरेको लामो समय पछी नयाँ चलचित्र ‘शुभ मंगल’मा काम गर्न लागेकी छिन् । लभ स्टोरी कथामा निर्माण हुन लागेको चलचित्रलाई मनोज अधिकारीले निर्देशन गर्दैछन् । चलचित्रमा सुरविनाको जोडीको रुपमा कलाकार कुशल थापा रहनेछन् । यो चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा हुने बताइएको छ ।


अष्ट्रेलियामा बस्ने नेपालीको लाइफस्टाइल र प्रेमको कथामा यो चलचित्र बननेछ । यो चलचित्रलाई संगम क्षेत्री र नारायण दत्तले निर्माण गर्न लागेका हुन् । चलचित्रको छायांकन केही महिनापछि सुरु हुनेछ ।

नायिका सुरविना कार्कीले मुम्बइबाट अनलाइनखबरसँग कुरा गर्दै कथा मन परेकाले चलचित्रमा काम गर्न लागेको बताइन् ।

टघक्ज्ब्च्भ्क्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button