‘मिस्टर एण्ड मिस मोडेल जनकपुर २०१९’ को दोश्रो अडिसन बर्दिवासमा



बर्दिवास,


‘मिस्टर एण्ड मिस जनकपुर २०१९’ को दोश्रो अडिसन आज महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ । बर्दिवास स्थित पञ्चधुरा होटलमा भएको अडिसनमा सहभागी भएका ३२ जना मध्ये २८ जनाले अडिसन राउण्ड पार गर्न सफल भएको आयोजक आर एन ईन्टरटेन्टमेन्ट प्रा. ली. ले जनाएको छ ।
धनुषा, महोत्तरी, सर्लाही तथा सिराहा गरेर चार जिल्लाका प्रतिगीहरुलाई सहभागी गराईने सो प्रतियोगीताका बिजेताले रु. १ लाख राशिको पुरस्कार तथा २०१९ मा भारतमा हुने मिस्टर एण्ड मिस मोडेल वल्र्डवाइडमा सिधा सहभागी जनाउन पाउने र युएसए तथा फिलिपिन्समा हुने मोडल सम्बन्धि प्रतियोगितामा सहभागी गराईने बताईएको छ । साथै प्रतियोगितामा फेस अफ मोडेलको बिजेतालाई मिस्टर एण्ड मिस मोडेलको एक बर्षे ब्रान्ड एम्बेसडर सहित मिस्टर एण्ड मिस मोडेल हन्ट जनकपुरको उपाधी समेत प्रदान गरिने आयोजक आर एन ईन्टरटेन्टमेन्ट प्रा. ली. ले जनाएको छ ।
प्रतियोगीतामा पुरुष तथा महिला तर्फ प्रथम हुनेलाई रु. ५०–५० हजार, द्वितीय हुनेलाई ३०–३० हजार तथा तृतिय हुनेलाई २०–२० हजार गरेर रु. २ लाख रासी बराबरको पुरस्कार बितरण गरिने छ । कार्यक्रममा अडिसन, ट्रेनिङ्ग, ट्यालेन्सी र फिनाले गरेर चार ओटा राउण्ड रहेको प्रतियोगीता माघको पहिलो साता सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button