अभिनेता प्रदीप खड्का तथा अभिनेत्री जस्सीता गुरुङको तोडियो जोडि



भदौ १७
चलचित्र लिलिबिलीका लागि बनेको अभिनेता प्रदीप खड्का तथा अभिनेत्री जस्सीता गुरुङको रोमान्टिक जोडीलाई दर्शकहरुले रुचाए । उक्त चलचित्र सफल भएलगतै उनीहरूको जोडीलाई मन पराउने दर्शकहरु पनि आर्कशित भए । यद्यपि, यही जोडीले अभिनय गरेको दोस्रो चलचित्र “लभ स्टेसन” भने चलेन । प्रदीप–जस्सीताको जोडी मन पराइए पनि चलचित्र भने चलेन । उक्त चलचित्र असफल भएपछि प्रदीप प्रेमगीत–३ को प्रि–प्रोडक्सनमा व्यस्त भए भने जस्सीता बेलायत फर्किइन । धेरैले प्रदीप र जस्सीताको जोडीलाई प्रेमगीत–३ मा देख्न पाइने अनुमान गरेका थिए, तर त्यो सम्भव भएन ।
प्रदीपसँग जोडी बन्ने अभिनेत्रीको खोजी अडिसनबाट टुंग्याइयो, कृष्टिना गुरुङका रूपमा । प्रदीपसँग अभिनय नगर्ने भएपछि जस्सीता चलचित्र क्षेत्रबाट टाढिने अनुमान गरिएको थियो, तर त्यस्तो हुन पाएन । निर्देशक रेनेशा वान्तवा राईले चलचित्र “आई एम ट्वान्टी वान ” मार्फत जस्सीतालाई पुनः चलचित्रमा फर्काएकी छिन । यसपटक जस्सीताले अभिनेता धीरज गुरुङसँग अनस्क्रिन रोमान्स गर्ने छिन ।
श्रोत : साप्ताहिक


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button