कक्षा ११ को परीक्षा पनि नहुने, आन्तरिक मूल्याङकनलाई आधार मान्ने

कक्षा ११ को परीक्षा नहुने भएको छ । परीक्षा नहुने भएपछि विद्यालयको आन्तरिक मूल्याङकनलाई नै आधार मानिने भएको छ ।
बुधबार राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले कक्षा ११ को पनि आन्तरिक मूल्याङ्कनलाई आधार मान्ने बारे गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । यो वर्ष कक्षा ११ मा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी सहभागी भएका थिए ।
त्यसैगरी कक्षा १२ को परीक्षा अनुकुल वातावरण मिलाएर हुने भएको छ । कक्षा १२ मा ४ लाख ३१ हजार ३ सय ३ विद्यार्थी सहभागी रहेका छन् ।
यसअघि एसईई परीक्षाकाे नतिजालाइ पनि विद्यालयको अान्तरीक मूल्याङ्कनलाई आधार मानेर गर्ने सरकारले निर्णय गरिसकेको छ ।