पैदल यात्रीहरुका लागि ढल्केवरमा खाजा पानीको व्यवस्था



विजय साह
ढल्केवर–धनुषाको ढल्केवरमा मिथिला उधोग बाणिज्य संघ तथा स्थानीय व्यापारीहरुले पूर्व–पश्चिम राजमार्ग भएर हिंड्ने पैदल यात्रीसँगै जोसुकैका लागि खाजा, शुद्ध पिउन पानी र चप्पलको निःशुल्क व्यवस्था गरेको छ ।


शनिबारदेखि संघले ढल्केवरको पश्चिमचौकमा टेन्ट खडा गरी बटुवाहरुका लागि निःशुल्क खाजा, शुद्ध पिउने पानी र चप्पलको व्यवस्था गरेको हो । उघोग बाणिज्य संघ र स्थानीय केही व्यापारीहरुले एकआपसमा आर्थिक संकलन गरेर योे व्यवस्था गरेको छ ।

पैदल यात्रीहरुको साथ साथै सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, बिरामी र अति आवश्यक सामग्री बोकेका सवारी चालक समेतका लागि निः शुल्क खाजा र पानीको व्यवस्था गरिएको मिथिला उघोग बाणिज्य संघका अध्यक्ष सन्तोष साहले बताए ।

उनले कतिपय मानिससँग पैसा भएपनि खानेकुरा किन्नलाई पसल खुला छैन । कहाँ किन्छ ? त्यसैले आवश्यक सबैलाई खाजा पानी उपलब्ध गराइरहेका जनाए । पैदल यात्रीहरुका लागि निःशुल्क जुत्ता चप्पल समेतको व्यवस्था गरिएको छ । पैदल यात्राको क्रममा चप्पल चुँडिएर नाङ्गो खुट्टा हिड्नु नपरोस भनेर जुत्ता चप्पलको व्यवस्था गरिहेको अध्यक्ष साहले जनाए ।

पैदल यात्री तथा एम्बुलेन्सलगायत अति आवश्यक सवारी साधन ढल्केवर मार्ग भएर गन्तव्यतर्फ आवतजावत गरिरहेको छ । र बाटोमा पर्ने चौकका होटल तथा पसल पूर्णरुपमा बन्द रहेकोले उनीहरु भोको पेट यात्रा गर्नु नपरोस भनेर जाखा पानीको व्यवस्था एक व्यापारी बिमल भट्टराईले बताए ।

देशमा लकडाउन लागू भएपछि अति आवश्यक बाहेक नीजि तथा सार्वजानिक सवारीसाधन चलाउन रोक लागेको छ । सवारीसाधान चल्न रोकिएपछि ज्यालादारी तथा विभिन्न कारणले देशका विभिन्न ठाउँमा रोकिएका मानिसहरु अहिले दिनहुँ सयौंको संख्यामा पैदल डिहेर आ–आफ्नो गन्तव्यतर्फ जान मजबुर छन् ।

लकडाउन लागू भएको सुरुवातकै दिनदेखि मानिसहरु पैदल हिडिरहेका छन् । संघीय राजधानी काठमाडौं, बुटवल, चितवन र हेटौडा र पूर्वमा बिराटनगरदेखिका मानिसहरु आ–आफ्नो घर फर्किरहेको बाटोमा देखिन्छ ।

सरकारले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आफ्ना नागरिकलाई जोगाउन लकडाउन गरेको तीन साता बढि भईसकेको छ ।

यसैगरी मिथिला नगरपालिकाले पैदल यात्रीहरुलाई खाना खुवाउन शनिबारबाट सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button