ग्रामीण क्षेत्र पनि लकडाउन उल्लङ्घन हुन नदिन तैनाथ प्रहरी



विजय साह
बर्दिबास । लकडाउन उल्लङ्घनका घट्ना बढ्न थालेपछि महोतरीको वर्दिवास किसाननगरस्थित प्रहरी चौकीका प्रहरीलाई भ्याई नभ्याई छ । कोरोना सक्रमितको संख्या देशभर ३० पुगिरहेका वेला लकडाउन उल्लङ्घन गर्दै स्थानीय हाटबजार लाग्ने गरेपछि किसाननगर चौकीका प्रहरी हैरान बनेका हुन् ।


हनुमान चोक वजार, पथलैया बजारमा लकडाउनमा पनि हाट लाग्ने गरेकाले किसाननगर चौकीमा कार्यरत प्रहरी हाट लाग्न नदिन सम्झाई बुझाई गर्न हाट लाग्दैपिच्छे जानुपर्ने वाध्यता छ । तर आवश्यक स्रोत साधन नहुँदा प्रहरी समस्यामा छन् ।
बताईएअनुसार किसाननगर चौकिमा ११ जनाको प्रहरीको दरबन्दी भएपनि अहिले असईको नेतृत्वमा ६ जना मात्र कार्यारत छन् । सवारी साधन छैन । भएको एउटा थोत्रो मोटर साईकल कतिवेला विग्रिने ठेगान छैन । पैदल हिँडेर अथवा चिनजानकाहरुसँग लिफ्ट मागेर ड्युटीमा हिँड्नुपर्ने वाध्यता छ । यस चौकीले वर्दिवास नगरपालिकाको ६, ७ र ९ नम्बर गरि ३ ओटा वडा हेर्दै आएको छ । चौकीबाट ८ किलो मिटरको दक्षिण पश्चिम पथलैया बजार पर्छ भने हनुमान चोक करिव ५ किलो मिटरको दुरीमा छ ।
यस क्षेत्रका अधिकांश कृषिमा निर्भर छन् । मौसमी तरकारी खेती गरेर जीविका चलाउने धेरै छन् । टमाटर, पर्वल, काउली, भान्टा, मुंगा, लौकालगायत सागसब्जी बारीमा कुहिन थालेकाले किसान बाध्य भएर हाटमा बेच्न आउने गरेका छन् । हाटमा तरकारी बेच्न आउनु किसानको वाध्यता भएपनि लकडाउनमा यस चौकीमा कार्यारत प्रहरीले ठेलागाडा र साईकलमा डुलाएर बेच्न आग्रह गर्ने गरेका छौँ, एक प्रहरी जवान भन्छन् , तर किसानहरु गाउँमा डुलेर तरकारी बेच्न मानिरहेका छैनन् । त्यसैले हामी हाट लाग्न नदिन तैनाथ हुँदै आएका छौँ ।
हनुमान चोकमा हाट ंमंगलवार र शुक्रबार लाग्ने गरेको छ भने पथलैयामा शनिवार र मंगलवार लाग्ने गरेको छ ।
कोरोना भाइरस बारे सचेतना जगाउन यस प्रहरी चौकीले माईकिंग मात्रै गर्ने गरेको छैन, पम्पलेट र हाते व्रोसियर पनि वितरण गर्दै आएको छ । वडा कार्यालयहरुसँग समन्वय गरेर यस अघि सार्वजानिक रुपमा जनचेतनामुलक कायत्रलमहरु गरेको थियो ।
लकडाउन सुरु हुनु केहि दिन अघिमात्रै यस क्षेत्रमा करिव ३५ जना वैदेशिक रोजगारबाट फर्किएको प्रहरी चौकीले जनाएको छ । वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई प्रहरीले घरमै क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button