महोत्तरीमा सुनको मूल्य आज फेरी प्रतितोला पाँच सय रुपैयाँले बढ्यो



राधाकृष्ण शर्मा , बर्दिवास , महोत्तरी


मँसिर १७ गते ।

आज फेरी सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । मंगलबार  ९१ हजारमा करोबार भएको सुनको भाउ बुधवार ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्यपनि मंगलबारको तुलनामा प्रतितोला ३० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले महोत्तरीले जनाएको छ ।

मंगलबार ११ सय ६५ रुपैयाँमा कारोवार भएको चाँदी बुधवार प्रतितोला ११ सय ९५ रुपैँयामा कारोवार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button