यो वर्ष दशैंमा नयाँ नोट नपाइने




यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सूचना नै जारी गर्दै नयाँ नोट वितरण नहुने जानकारी दिएको हो ।


बैंकले बडा दशैं लगायतका चाडपर्वमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।

तर, यस वर्ष कोरोना महामारीका कारण बैंक तथा वित्तिय संस्थामा भिँडभाँड हुंदा कोरोना संक्रमण हुन सक्ने भन्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । साथै बैंकका कतिपय कर्मचारीहरु कोरोना संक्रमित भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

यसैबीच,विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलिने निर्णय राष्ट्र बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट रकम तिर्दा त्यसबापत कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने भनेको छ । यसकालागी राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

भुक्तानी सेवा प्रदायकले कारोबार हेरेर ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । तर, कोरोना महामारीको कारण पुस मसान्तसम्म राष्ट्र बैंकले निःशुल्क गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button