महोत्तरीमा शनिवार सुनको भाउ तोलाको १ लाख नाघ्यो



राधाकृष्ण शर्मा ,
बर्दिवास , महोत्तरी


महोत्तरीमा शनिवार सुनको भाउ तोलाको १ लाख नाघेको छ ।
महोत्तरीमा शनिवार सुनको भाउ तोलाको १ लाख ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजोको तुलनामा आज तोलामा ३ सय रुपैयाँ बढेर १ लाख ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको भाउ बढेको महासंघ महोत्तरीले जनाएको छ ।  चाँदीको भाउ पनि े आज तोलामा ३० रुपैया बढेको छ । चाँदीको भाउ आज तोलाको १२ सय ४० रुपैँयामा कारोबार भइरहेकोे महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close