महोत्तरीमा सुक्रवार सुनको भाउ तोलाको १ लाख



राधाकृष्ण शर्मा ,
बर्दिवास , महोत्तरी


महोत्तरीमा सुक्रवार सुनको भाउ तोलाको १ लाख रुपैयाँमा कारोवार भइरहेको छ । हिजोको तुलनामा आज तोलामा ३ सय रुपैयाँ बढेर १ लाख रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनका भाउ बढेको महासंघ महोत्तरीले जनाएको छ । चाँदीको भाउ भने आज तोलामा २५ रुपैया घटेको छ । चाँदीको भाउ आज तोलाको १२ सय १० रुपैँया भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close