महोत्तरीमा बिहिवार सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ



राधा कृष्ण शर्मा


बदिवास , महोत्तरी

सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।  हिजोको तुलनामा आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको  महासंघ महोत्तरीले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय ३५ रुपैयाँमै कायम रहेको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close