बुधबार सुनको भाउ तोलामा १ लाख नजिक



राधाकृष्ण शर्मा
बर्दिवास , महोत्तरी


बुधबार सुनको भाउ तोलामा १ लाख नजिक पुगेको छ ।
महोत्तरीको बजारमा सुनको भाउ तोलामै ९९ हजार २ सय रुपैँयामा कारोवार भइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघल महोत्तरीले जनाएको छ ।
चाँदि तोलामा १२ सय ३५ रुपैँयामा कारोवार भइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैँयाले बढेर बुधबार चाँदि तोलामा १२ सय ३५ रुपैँयामा कारोवार भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close