महोत्तरीमा सोमवार सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ



राधा कृष्ण शर्मा ,
बर्दिवास , महोत्तरी


सुनको भाउले सोमवार पनि नयाँ रेकर्ड बनाएको छ । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै आएकामा आज पनि त्यही क्रमलाई निरन्तरता दिएको छ ।
एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजो सम्म तोलाको ९७ हजार मा कारेवार भएको थियो । आज चाँदी तोलामा १२ सय २० रुपैँया पुगेको छ ।
हिजो सम्म चाँदी तोलाको ११ सय ६५ रुपैँयामा कारेवार भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close