महोत्तरीका बर्दिवासमा तरकारीको मूल्य आकाशीयो



राधा कृष्ण शर्मा ,बर्दिवास महोत्तरी
महोत्तरीको बर्दिवासमा तरकारीको मूल्य आकाशीएको छ ।
केही दिन देखिको अबिरल बर्षाका कारण उत्पादनमा कमी आउँदा तरकारीको मूल्य आकाशीएकोे हो । पानीले धेरैजसो तरकारीका लहरा तथा बोट पँहेलिएर चिचिला नष्ट भएको बर्दिवास नगरपालिका वडा नं. २ का किसान जागो महतोले बताएकी छिन् । लामो लकडाउनपछि खुलेको बजारमा तरकारीले बजार पाउन थालेको अवस्थामा आकाशे वर्षाले व्यापक क्षति पु¥याएको किसान महतोले गुनासो गर्नुभयो ।
जिल्लाको विभिन्न ठाउँका किसानले तरकारी बिक्री गर्ने बर्दिवास स्थित तरकारी बजारमा अहिले हरेक तरकारीको मूल्य आकाशिएको छ । मूल्य बढ्दा किसानलाई राहत मिलेपनि उपभोक्ता भने मारमा परेका बर्दिवास नगरपालिका वडा नं.२ की गृहिणी उमिला सिंहले बताउनुभयो ।
बर्दिवास स्थित तरकारी बजारमा झरी पर्न सुरु नहुँदासम्म ८ देखि १० रुपियाँ प्रतिगोटा बिक्री भएको लौका अहिले ३० देखि ५० रुपियाँ, प्रतिकिलो १५ देखि १८ रुपियाँमा बिक्री भएको परवल ६० देखि ८० रुपियाँ, १० देखि १२ रुपियाँमा बिक्री भएको झिङ्नी ५० देखि ७० रुपियाँ सम्ममा बिक्री भइरहेको छ ।
तरकारी महँगीदा दैनिक ज्यालादारी गरी गुजारा गर्ने मज्दुरहरु बढि समस्यामा परेको र भान्छा चलाउन मुस्किल भईरहेका बर्दिवास नगरपालिका वडा नं.१४ की गृहिणी सबिता हमालले दुखेसो पोख्नु भयो ।
यसैगरी १० देखि १२ रुपियाँमा बिक्री हुने करेला ६० देखि ८० रुपियाँ र २० देखि २५ रुपियाँमा बिक्री हुने बोडी ५० देखि ७० रुपियाँमा बिक्री भइरहेको बर्दिवासका तरकारी व्यापारी बिजय महतोले जानकारी दिनुभयो ।
पानी धेरै पर्ने याममा तरकारीका बोटै गलेर नष्ट हुने गरेकाले मूल्य बढ्ने गरेको यस क्षेत्रका किसानहरुले बताएका छन् ।
बर्दिवासमा किसाननगर, पशुपतिनगर , विजलपुरा, लालगढ लगाएतका क्षेत्रबाट किसानहरुले
बिक्रीकालागि तरकारी ल्याउनेगरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close