भंगहा नगरपालिकाको ४८ करोडकाे बजेट प्रस्ताव पेश



महोत्तरीको भंगहा नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ४८ करोडको बजेट विनियोजन गरेको छ ।  नगरसभामा ४८ करोड १७ लाख ७८ हजार ३ सय काे बजेट को प्रस्ताव पेश गरिएको छ  ।

जसमध्ये पुँजिगत तर्फ ४० करोड ४४ लाख ९६ हजार र चालु तर्फ ७ करोड ७२ लाख ८२ हजार बजेट विनियोजन गरिएको भंगहा नगरपालिकाले जनाएकाे छ ।


नगरपालिकाले स्वास्थ्य , शिक्षा, सडक  र कृषि,लगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकाे भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close