सुन ताेलामा १ लाख पुग्ने अनुमान



कोरोना भाइरसको त्रासले अन्य क्षेत्रका लगानी प्रभावित भएपछि लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा यसको मूल्यले दिनदिनै नयाँ  रेकर्ड तोडिरहेको छ।यस्तै गतिमा  महंगिने हाे भने सुन ताेलामा १ लाख पुग्ने सक्ने अनुमान सुन व्यवसायीले गरेका छन् ।


नेपाली बजारमा यो साताभर सुनको मूल्यले रेकर्ड तोडिरहेको छ। बिहीबार पनि प्रतितोला ८० हजार ७ सय पुगेर रेकर्ड तोडेकाे थियाे ।

दुई महिनायता मात्रै सुनको मूल्य तोलाको करिब १० हजार रुपैयाँ बढिसकेको छ। कोरोना भाइरसका कारण अन्य क्षेत्रकाे काराेबार  सुस्ताउँदा लगानीकर्ता सुनमा आकर्षित भएकाेले सुनकाे मुल्य अाकाशिदै गएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close