एनआइसी एसिया बैंकको धनुषाधाममा शाखा



मेरो प्रदेश सम्वाददाता
धनुषा


एनआइसी एसिया बैंकले धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा आफ्नो नयाँ शाखा बिस्तार गरी कारोबार शुरु गरेको छ ।
बैकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लैजाने क्रममा बैंकले शाखा स्थापना गरेको हो । बैक शाखाको उद्घाटन धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले गरेका हुन ।
बैंकको देशभरीमा ३१९ शाखा, ४४४ एटीएम, १०३ एक्स्टेन्सन काउन्टर र ५२ शाखासहितको बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button