सुन तोलामा २ सय बढ्यो चाँदी को दर यथावत

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शुक्रवार सुनको मूल्य तोलामा २ सय रुपैया बडेको छ । बिहिवार ७५ हजार ७ सय रुपैयाँ प्रती तोला कारोबार भएको सुन शुक्रवार बढेर तोलाको ७५ हजार ९ सय रुपैयामा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा भने बिहिवारकै मुल्य यथावत रहि प्रति तोला ८ सय ९५ रुपैयाँमा कारोवार भएको बताईएको छ ।