साताकाे पहिलो दिन आइतबार सुनचाँदीको भाउ उकालाे चढ्याे

साताकाे पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ उकालाे चढेकाे छ । आइतबार सुन तोलामा चार सय रुपैयाँले बढेर तोलामा ७५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी आइतबार तोलामा ५ रुपैयाँले बढेर तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलामा ९ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार ६ सय रुपैयाँमा झरेको थियो ।