साताको पहिलो दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो



यो साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
शनिवार तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी तेजावी सुन आज ७१ हजारमा कारोबार भैरहेकोछ ।
चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button