रौतहटको मौलापुरमा फागुन २६ देखि चैत्र ३ गतेसम्म मधानी महायज्ञ हुने



मेरो प्रदेश सम्वाददाता
रौतहटको मौलापुरमा फागुन २६ देखि चैत्र ३ गतेसम्म मधानी महायज्ञ हुने भएको छ ।
महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सवलगायतको कार्यक्रम रहेको छ ।
नेपाल सरकारको पर्यटकीय गन्तव्यमध्येको एक मौलापुर नगरपालिका ५ पतौरा पनि हो ।
पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने आयोजकले जनाएको छ ।
मधानी महायज्ञ मौलापुरमा दोस्रोपटक हुन लागेको हो ।
े धार्मिक मधानी महायज्ञको लागि व्यवस्थापकीय, भौतिक तयारीका कामहरु अन्तिम चरणमा पुगेको मौलापुर नगरपालिकाकी मेयर रिना साहले बताउनुभयो ।
महायज्ञको बारेमा जानकारी दिदै मेयर साहले महायज्ञले यस क्षेत्रको विकास र पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताएकी छिन ।
जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको सुरुआत गरिएको थियो ।्
मधानी महायज्ञमा नेपाल र भारतका गरेर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्ने
आयोजकले अनुमान गरेको छ ।
महायज्ञका लागि खानेपानी, विद्युत, सरसफाइ, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भइसकेको र सीसीटीभी क्यामरा जडान गरेर सुरक्षाको प्रवन्ध मिलाइएको आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button