आजबाट विवाहपञ्चमी सुरु



मेरो प्रदेशसम्वाददाता मंसिर २९ गते ।
प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ ।
विवाहपञ्चमीको आज पहिलो दिन भगवान राम र लक्ष्मणको प्रतिकलाई जनकपुर नगर घुमाएर नगर दर्शन गरिँदै छ ।दोश्रो दिन भोलि फूलबारी लीला, बुधबार धनुष यज्ञ, बिहीबार तीलकोत्सव, शुक्रबार मटकोर र शनिबार रामजानकीको स्वयंवर तथा विवाहको कार्यक्रम रहेको छ भने अन्तिम सातौं दिन आइतबार राम कलेवा गरी सम्पन्न हुने जानकी मन्दिरका सह महन्त रामरोशन दासले जानकारी दिनु भयो ।सातदिनसम्म मनाइने विवाहपञ्चमीे मुख्यदिन पुष ४ गते परेको छ । कोरोना महामारीको संक्रमणको कारण यसपटक विवाहपञ्चमी खासै चहलपहल े छैन । यसपटक विधिवत रुपमा विगतको रामसीताको वैवाहिक कार्यक्रमलाई निरन्तरता दिइ महोत्सव मनाइने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button