आज हरिबोधिनी एकादशी तुलसीकाे विवाह गरेर मनाइँदै




कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसी धुमासित विवाह गरेर हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।


यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युझिने धार्मिक मान्यता अनुसार आजको एकादशीलाई हरिबोधिनी वा हरि प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गरिदैन ।

आजको दिन खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर तुलसीकाे विवाह दामाेदर भगवानसंग गर्ने प्रचलन रहिआएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button