नेपालका १६ औं राष्ट्रिय विभुती फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदै



नेपालका १६ औं राष्ट्रिय विभुती तथा किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती  आज पूर्वी नेपालका विभिन्न जिल्लामा रहेका किरात धर्मावलम्बीहरुले धुमधामका मनाउदै छन् ।


महागुरु फाल्गुनन्दले आजभन्दा ८९ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य गरेका थिए । त्यसैले उनलाइ किरात धर्मालम्बीहरूले समाज सुधारक गुरूका रूपमा लिन्छन् ।

नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते १६ औं राष्ट्रिय विभुतीका रूपमा महागुरु फाल्गुनन्दलाइ घाेषणा गरेकाे थियाे ।

उनकाे जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न. १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन हुनुभएका उहाँलाई किरात धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्छन् ।

यसैबिच

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीकाे अवसरमा हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना सन्देश दिइएकी छिन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज फाल्गुनन्दले जस्तै निर्माण गर्न वहाँकाे जयन्तीले प्रेरणा मिलोस् भन्ने शुभकामना दिइएकी छिन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button