भाेलि प्रदेश नं २ मा सार्वजनिक विदा



इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (सल्लाहा)को जन्म जयन्तीको अवसरमा भाेलि शुक्रबार प्रदेश नं २ मा सार्वजानिक विदा दिने निर्णय गरिएकाे छ ।


प्रदेश २ सरकारले एक सूचना जारी गर्दे भाेलि प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेकाे हाे ।

मुख्य मन्त्री लालबावु राउतले इस्लाम धर्मालम्बीलाइ पैगम्बर जन्मजयन्तीकाे अवसरमा शुभकामना दिँदै प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button