मन्दिरमा फोहोर फालेको विषयमा विवाद हुँदा झडप




एक शिव मन्दिरमा मुस्लिम समुदायले फोहोर फालिएको विषयलाई लिएर झडप भएको छ । धनुषाको नगराइन नगरपालिका–७ नवटोली मन्दिरमा फोहोर फालेको विषयमा दुई पक्ष बिच विवाद हुँदा झडप भएको हो ।


नवटोलीमा रहेको दुधहा पोखरीको डीलमा श्री नवनेश्वर नाथ महादेव मन्दिर निर्माणका लागि गरिएको शिलान्यास स्थलमा मुस्लिम पक्षले फोहोर फालेको विषयलाई लिएर झडप भएको छ ।

मुस्लिम समुदायले दुधहा पोखरीको डिलमा मन्दिर निर्माण गर्न नदिने अडान लिएपछि विवादको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।

झडपलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको र स्थिति साम्य पार्न ३० जनाको प्रहरी टोली परिचालन गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग अलग टोलीले अनुगमन गरिरहेको छ ।

झडपमा २ दुवै पक्षका गरी दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button