अयोध्यामा राम मन्दिर शिलान्यास, जनकपुरमा दीपावली १



जनकपुरधाम : भारतको उत्तर प्रदेशस्थित अयोध्यामा हुने राम मन्दिर शिलान्यास तथा भूमिपूजनका दिन जनकपुरमा दीपावली गरिने भएको छ। आज सञ्चारकर्मीसँग कुरा गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्‍वर दास ‘वैष्णव’ले २१ तारिख अर्थात साउन २१ गते साँझ दीपावली मनाउन जनकपुरबासीसँग आग्रह गरेका हुन्। उनले भूमिपूजनको समय विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म रहेकाले कीर्तन गरिने समेत जानकारी दिए। महन्थ दासले राम मन्दिरको शिलान्यास तथा भुमिपूजनको अवसरमा अवधवासीलाई हार्दिक बधाई तथा शुभकामना समेत दिएका छन्। उनले भने, ‘राम मन्दिरको शिलान्यास समारोहमा सहभागी भएर केही सहयोग गर्ने चाहना थियो। तर भारतमा समेत लकडाउन जारी रहेकाले जान सक्ने अवस्था छैन।’ लकडाउन खुलेपछि जनकपुरबाट एउटा टोली बनाएर अयोध्या पुग्ने र राम मन्दिर निर्माणका लागि केही सहयोग मिथिलाको तर्फबाट गर्ने उनको भनाइ छ। लामो विवादपछि अयोध्यामा विशाल राम मन्दिर निर्माण हुने भएको छ। मन्दिरको शिलान्यासका लागि अगस्त ५ तारिखको समय तोकिएको छ। शिलान्यास प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ।


श्राेत थाहा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close