घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कोरोना भाइरस सङक्रमणको जोखिम यथाबत रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ ।


अयोगले आज एक विज्ञप्ति जारी गर्दै भोलि परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन आग्रह गरेको हो ।

इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्मा मुफ्ती, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीको सल्लाह अनुसार अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन आयोगका अध्यक्ष सलिम अन्सारीले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close